बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड – १ निवासी राधादेवी खरेलले सहयोग गर्नुभएको छ ।

आज ९० औं जन्मोत्सवमा उहाँले उपचार कोषलाई नगद ५१ सय रुपैयाँ सहयोग गर्नुभएको हो । ज्येष्ठ नागरिक खरेलले ९० वर्षको उमेरमा पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित कोषलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । उपचार कोषको संयोजक भीमा शिवाकोटीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

उहाँको छोरा बिर्तामोड १ का पूर्व जनप्रतिनिधि प्रेम खरेलले मिडिया क्षेत्रमा काम गर्ने पत्रकारहरुको निम्ति स्थापित कोषलाई सहयोग गर्न आमाले रकम हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, सहसचिव तिलक योञ्जन र कार्यसमिति सदस्य प्रकाश बानियाँ खरेल निवास पुगेको थियो । पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ ।

उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभयो । कोषमा ७ लाख रुपैयाँ पुगेको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0