झापा । झापाको दमकमा पनि जेनजी युवाहरू सडकमा उत्रिएर आक्रोश पोखेका छन् । उनीहरूले भ्रष्टाचार, अनियमितता र नागरिकमाथि भइरहेको दमनविरुद्ध नाराबाजी गर्दै नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले बिहानैदेखि नगरपालिकाको मुख्य गेट अगाडि टायर बालेर सडक अवरुद्ध गरेका थिए । उनीहरूले भ्रष्टाचार बन्द गरू, जनताको कर जनतालाई फर्काइदे जस्ता नाराबाजीसहित नगरपालिकालाई घेरेका थिए ।
घटनास्थलमा प्रहरीको तुलनामा प्रदर्शनकारीको सङ्ख्या निकै बढी भएपछि अवस्था नियन्त्रण गर्न प्रहरीले कठिनाइ परेको छ । तर प्रदर्शनकारीहरू अझ आक्रामक बन्दै नगरपालिका कार्यालय कब्जा गर्ने प्रयासमा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












