नेपालगञ्ज । नौवस्तास्थित बाल सुधार गृहमा सोमबार भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्ञ (बालअपराधी) हरुले गेट फोडेर बाहिर निस्कने प्रयास गर्दा भएको झडपमा घटनाले उग्र रूप लिएको हो।

उक्त घटनामा कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहका ७६ जना फरार भएको जनाइएको छ। बालबिज्ञ र अन्य थुनुवालाई एउटै ठाउँमा राखेकै कारण यो अवस्था उत्पन्न भएको भुसालले बताए।

घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। त्यसमध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो। बाँकी घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0