काठमाडौं । सरकारले आउँदो असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग जानकारी दिँदै गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले असोज १ गते सार्वजनिक बिदा दिने र आन्दोलनमा प्राण गुमाउनेलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्ने व्यवस्था मिलाउने भएको छ । साथै, उनीहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने मन्त्री अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका छन्। तीमध्ये २८३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0