बिर्तामोड । झापाको कमल गाउँपालिका वडा नं. ७ स्थित रंगपुरमा फेला परेको ५५ राउण्ड गोली प्रहरीलाई बुझाइएको छ । शुक्रवार केराको पात काट्ने क्रममा ५५ वर्षीय गंगा प्रसाद पाण्डेले एउटा बोरामा गोली फेला पारेका थिए ।
पाण्डेले बोरामा शंकास्पद वस्तु देखेपछि इलाका प्रहरी कार्यालाय दमकलाई जानकारी गराएका थिए । उनले आज एसएलआरको ७.६ एमएम गोली दमक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका अनुसार उक्त गोली जेनजी आन्दोलनका क्रममा लुटिएको हुन सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













