काठमाडौं । सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३२ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प महसुस गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको र जानकारी संकलन भइरहेको जनाएको छ।
यसअघि पनि कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल भूकम्पीय रूपमा संवेदनशील क्षेत्र भएकाले विभिन्न समयमा साना–ठूला धक्का महसुस हुने गरेको विज्ञहरूले बताउँदै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













