इलाम  । निरन्तर वर्षाका कारण अवरुद्ध मेची राजमार्गमा भोली हुने लोकसेवा आयोगको परीक्षा सहज बनाउनका लागि अस्थायी रूपमा सवारी आवागमन खुला गरिएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार परीक्षार्थीहरूको आवागमन सहज होस् भन्ने उद्देश्यले आज बेलुकी ५ः३० बजेसम्मका लागि अत्यावश्यक सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको हो।

हिजोदेखि परेको लगातार वर्षाका कारण राजदुवाली क्षेत्रमा राजमार्गका विभिन्न स्थान भासिएर चिरा परेका र सडक खण्ड असुरक्षित बनेको छ। यद्यपि, प्रशासनले सुरक्षात्मक सतर्कताका साथ सीमित सवारी सञ्चालन गर्न अनुमति दिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा प्रहरी टोली राजमार्गमा खटिएको छ। टोलीले सडक डिभिजन कार्यालयसँग समन्वय गर्दै जोखिमपूर्ण स्थानमा सवारी आवागमन सुरक्षित बनाउन आवश्यक व्यवस्था गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0