बिर्तामोड । झापाको बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जनाविरुद्ध ५ दिनको म्याद थप भएको छ । थप अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले राती १२ः४५ बजे गोप्य सूचनाको आधारमा ९ जनालाई ७५ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले बिर्तामोड –४ पश्चिम बस स्टेण्ड छेउस्थित कोठा भाडामा लिई बस्ने बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २९ को राजु कुमार साहको कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुमा बिर्तामोड २ बस्ने बर्ष ३८ को रतन राजवंशी, बर्ष २६ को किशोर पराजुली, बर्ष ४३ को उत्तम शिवाकोटी, बर्ष ४३ को राजन थापा, बिर्तामोड ३ बस्ने बर्ष ४० को डम्बर बस्नेत, बर्ष ४० को दिवाकर प्रासाई, बिर्तामोड ५ बस्ने बर्ष ३६ को राजेन्द्र चौधरी, बाह्रदशी गा.पा ४ बस्ने बर्ष २९ को राजु कुमार साह र मेचीनगर २ बस्ने बर्ष २८ को नारायण पराजुली रहेका छन् ।
इप्रका अनामरनीबाट खटिएको प्रहरी टोलीले नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ ताससहित नियन्त्रणमा लिएकाहरुलाई शुक्रवार मुलुकी अपराध संहिता –२०७४ अन्तर्गत जुवा कसुरमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय झापाबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।













