शिवसताक्षी। झापाको हुलाकी राजमार्ग अन्तर्गत विरिङ्ग पुल मुनी एक पुरुषको शव फेला परेको छ ।

शव गएको कार्तिक ९ गतेदेखि सम्र्पक विहीन भएका झापा शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारका सरोज शर्माको भएको शिवसताक्षी नगरपालिका वडा नं. १० वडासस्दय दिपक पोख्रेलले जानकारी दिए । शव पुलमुनी प्लाष्टिकमा पोको पारेर गाडेको अवस्थामा फेला परेको थियो ।

गएको १३ गते शर्माको सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको गाडी  झापाको मेचीनगर – १३ स्थित हातेमालो सामुर्तदायिक वन भित्र आज बिहान ११ बजे कार आगजनी गरिएको अवस्थामा फेला परेको थियो ।

शर्मामा गएको कार्तिक ९ गते दिउँसो २ बजे माइधार अवस्थित आफ्नै घरबाट गाडी धुने भन्दै घरबाट निस्केका थिए । नजिककैको ग्यारेजमा गाडी धोए पछि पछि उनी सम्पर्क विहीन भएको उनकी आमा गीता शर्मालाई बताइन् ।

शर्मा सम्पर्क विहीन भएपछि बेलुकी पाँच बजे बुधबारे बजारको सीसी क्यामेरामा गाडी देखिएको र सोही दिन बेलुकी ११ बजे सुरुङ्गा बजारबाट केही माझी चुडालको घर छेउमा मोबाइल ट्रेसका क्रममा देखिएको छिमेकी राजुकुमार यादव (मोदी)ले जानकारी दिए । त्यस पछि भने कही कतै पनि नदेखिएको परिवारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0