काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन पहाडी भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज (आइतबार) बिहान जारी गरेको बुलेटिनअनुसार नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव हटेको छ । र, अहिले देशमा पश्चिमी वायुको मात्र प्रभाव छ।

यसअघि शनिबार रातिसम्म नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव पनि परिरहेको थियो। त्यसअघि बुधबारदेखि शुक्रबार रातिसम्म बंगालको खाडीमा विकसित चक्रवात मोन्थाको समेत असर थियो। जसले लगातार वर्षा गराइरहेको थियो।

अब नेपालमा पश्चिमी वायुको मात्र प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबीच पश्चिमी वायुको प्रभावले आज देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यस्तो छ, मौसम महाशाखाले गरेको तीन दिनसम्मको मौसम प्रक्षेपण-

कात्तिक १६ गते (आइतबार)
दिउँसो स् कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने छ । कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति स् कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

कात्तिक १७ गते (सोमबार)
दिउँसो   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति स् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

कात्तिक १८ गते (मंगलबार)

दिउँसो : कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा /हिमपातको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा /हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0