शिवसताक्षी । शिवसताक्षी नगरपालिका–९ र १० को सिमानामा पर्ने भालुखोला उत्तरस्थित बाँसघारीबाट लुकाइराखिएको अवस्थामा केही वस्तु फेला परेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्थानीयवासीले बेवारिसे अवस्थामा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उक्त बस्तु बरामद गरेको हो ।

प्रहरीले उक्त वस्तुको प्रकृति र प्रयोगबारे प्राविधिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त बस्तुको अनुसन्धानका लागि जिल्ला पठाइएको छ ।

 स्थानीयवासीले भने वस्तु लागूऔषध हुनसक्ने आशंका व्यक्त गरेका छन् । प्रहरीले घटनास्थल वरपर निगरानी बढाएको र सम्बन्धित निकायसँग समन्वय गरी विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0