बिर्तामोड । सरकारले जेनजी आन्दोलनका क्रममा झापामा मृत्यु भएका ३ जनासहित ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनका क्रममा झापामा तीन प्रदर्शनकारीको मृत्यु भएको थियो । सरकारले बिर्तामोडमा प्रदर्शनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–८ स्थित हात्तीकिल्ला निवासी ३२ वर्षीय दिनेश राजवंशी, अर्जुनधारा नगरपालिका–११ निवासी २८ वर्षका गोपाल सेढाई र हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड –१० मा बस्दै आएका कमल भण्डारीलाई शहीद घोषणा गरेको छ ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0