बिर्तामोड । जेनजी आन्दोलनका क्रममा झापामा लुटिएका २२ नाल हतियार अझै फिर्ता हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त हतियार दमक र बिर्तामोडबाट लुटिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान हतियार र २१ थान गोली बुधबार फेला परेको छ । बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार ४ः४५ बजे प्रहरीले ०३११००८७२ नम्बरको हतियारसहित म्याग्जिन र १९ राउण्ड सावुत, २ राउण्ड वेसावुत गोली बरामद गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनीबाट लुटिएको सो हतियार इप्रकामै ल्याएर राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













