झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१ निवासी १९ वर्षीय आशिष खनालको करेन्ट लागेर मृत्यु भएको छ।
गएको कार्तिक ११ गते पाडाँजुगीमा फस्ट केवल नेटमा काम गर्ने क्रममा विजुलीको पोलमा चड्दा तारमा टच भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका खनालको आज राती मृत्यु भएको वडाध्यक्ष लक्ष्मी चेम्जुङले जानकारी दिए।
घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि दमक लगिएको थियो भने अवस्था गम्भीर भएपछि नोबल अस्पताल रिफर गरिएको थियो। हाल उनको शव पोष्टमार्टमका लागि दमक नगर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
मृतक आषिश प. गोकुल खनालका कान्छा छोरा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
3
+1
+1
+1













