बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–५ त्रिवेणीचोकबाट प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–६ बस्ने २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगरलाई शुक्रबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको हो।
उनीहरू भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हाल दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













