शिवसताक्षी । नेपाल मगर संघ, शिवसताक्षी नगर समिति, झापाले राष्ट्रिय महिला फुटबल खेलाडीहरूसँग विशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम विश्वसामु चिनाउन योगदान पुर्याएका मगर समुदायका महिला खेलाडीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम विश्वसामु चिनाउन योगदान पुर्याएका मगर समुदायका ५ महिला खेलाडीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल राष्ट्रिय महिला टिमका पुर्वकप्तान निरु थापा मगर, गोलरक्षक अन्जना राना मगर, सबिता राना मगर, पुजा राना मगर र मोनिका पुलामी मगर रहेका छन्।
संघका पदाधिकारीहरूले महिला खेलाडीहरूको योगदानको प्रशंसा गर्दै भने, “खेलकुद क्षेत्रले समाजमा एकता, अनुशासन र राष्ट्रिय पहिचान सुदृढ पार्ने काम गर्दछ।”
“झोर्ले! विश्वभरिका मगरहरू एक होऔँ!” भन्ने नारासहित आयोजित कार्यक्रममा संघका स्थानीय प्रतिनिधि, खेलकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम शिवसताक्षीको होटेल हाइजेनिकमा गरिएको हो। देशकै ठुलो धनराशि रहेको झापा महिला गोल्डकपमा सहभागी हुन झापामा रहेको बेला खेलाडी सम्मान गरिएको मगर संघले बताएको छ।












