शिवसताक्षी । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य तथा विभागीय टिम नेपाल पुलिस क्लबकी खेलाडी सम्झना लावतीलाई सम्मान गरिएको छ ।
पापोहाङ लाओती सयङ, शिवसताक्षी नगर समितिले गोल्डकप विजेता सम्झना लावतीलाई नगद रु ५५ हजार ५५५ र सम्मान–पत्र खेल मैदान मै प्रदान गरिएको अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले जानकारी दिनुभयो ।
उहाँले महिला फुटबल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै देशप्रति निष्ठा, अनुशासन र लगनशीलताका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो पार्न योगदान पु¥याएकाले सम्झानालाई उक्त सम्मान प्रदान गरिएको बताउनु भयो ।
पोहाङ लावती सयङ, शिवसताक्षी नगर समितिले खेलकुद क्षेत्रमा देखिएको समर्पण र योगदानले मात्र पापोहाङ लावती समुदाय नभई सम्पूर्ण राष्ट्रको गौरव बढाएको भन्दै प्रशंसा गरेको थियो ।












