शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी मंसिर ३ गते स्थानीय विदा दिने निर्णय गरेको छ।

नगरपालिकाले आज सूचना सार्वजनिक गर्दै बालाचतुर्दशी पर्वको अवसरमा अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय बन्द रहने जानकारी गराएको हो।

नगर क्षेत्रभित्र अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा  मनाइने बालाचतुर्दशी मेला लक्षित गरी विदा गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा कार्यालयहरू, शैक्षिक संस्था, स्वास्थ्य कार्यालयहरुमा विदा गरिएको हो ।

बालाचतुर्दशीको अवसरमा सताक्षीधाममा लाखौँ दीपदान, शतबीज छर्ने संस्कार, धार्मिक अनुष्ठान तथा मेला जस्ता गतिविधि हुने भएकाले यस वर्ष पनि भक्तजनको ठूलो भीड रहने अनुमान गरिएको छ।

Scanned Image
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0