काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट साइबर आक्रमणमा परेको छ । जसका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै सेवा अवरुद्ध बनेका छन्।

‘नेपाली फर नेपाल’ समूहले साइट ह्याक गरेको जिम्मेवारी लिँदै आफूलाई ‘राष्ट्रको भविष्य सुरक्षा गर्न समर्पित अनुसन्धान समूह’ भएको दाबी गरेको छ । उनीहरूले विभागको एडमिन प्यानलसम्म पहुँच पाएको र सम्पूर्ण डाटाबेस हेर्न सक्ने स्थिति रहेको बताएको छ ।

समूहले नागरिक बचाउ अभियानका अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र रिहा नगरे सरकारले परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ। वेबसाइट खोल्दा सो चेतावनीको सूचना देखिन्यो ।

विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा भएको आक्रमण पुष्टि गर्दै अहिले साइट बन्द गरी प्राविधिक टोलीले पुनः सञ्चालनको तयारी गरिरहेको बताएका छन् । साथै, सबै डाटा सुरक्षित रहेको जानकारीसमेत दिएको विभाग स्रोतले जनाएको छ ।

हालै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो । तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरू नभएको कर्मचारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0