काठमाडौँ।  बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र दुई राउन्ड हवाई फायर गरेको छ।

कर्फ्युको अवज्ञा गर्दै सडकमा उत्रिएका जेनजी समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बारा प्रहरीले अश्रु ग्यास प्रयोग गरेको हो । त्यसैगरी, दुई राउन्ड हवाई फायर गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रदर्शन नियन्त्रणका क्रममा एक डिएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार घाइते भएका छन् ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गर्न दबाव दिँदै आएका प्रहरीले हालसम्म दुईजना वडाध्यक्षलाई पक्राउ गरेको बताएको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारी छन्।

उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए।

जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0