काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन आदेश दिएको छ ।
प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ सहित प्रतिवादीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको आरोपमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमति अनुसार थुनामा राखिएको थियो । प्रशासनले अनुमति नदिएकै समयमा विरोध प्रदर्शनको धम्की दिएका कारण उनलाई थप म्यादसहित थुनामा राखिएको हो ।
थुनामुक्त गर्नुपर्ने माग गर्दै छोरा निराजनले प्रसाईँको थुनालाई गैर न्यायिक भएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













