काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराउँदै आरामदायक जित हात पारेको छ। टीयू मैदानमा आज भएको खेलमा विराटनगरले १३५ रनको लक्ष्य १७.१ ओभरमै पूरा गर्‍यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाज २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रनमै सीमित भएको थियो।

प्रारम्भिक ‘पावर प्ले’ मै १३ रनमा ३ विकेट गुमाएको काठमान्डुको इनिङ्स आदिल आलमको अविजित ४८ रनले मात्र उकासिएको थियो।

जवाफी ब्याटिङमा विराटनगरले ५ विकेटको क्षतिमा १७.१ ओभरमै लक्ष्य भेट्टाउँदै विराटनगरले प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0