झापा । जेनजी आन्दोलनका दौरान चितवन कारागारबाट फरार भएका एक बन्दी झापामा पुनः पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बालाई बुधबार साँझ आफ्नो घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
सुब्बामाथि सालकको अखेटोपहारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि चितवन कारागार चलान गरिएको थियो। आन्दोलनकै बीच उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।
प्रहरीका अनुसार पक्राउ पछि सुब्बालाई इप्रका झिलझिलेमा राखेर आवश्यक कारबाही अघि बढाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













