काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको सभामा प्रधानमन्त्री कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताइन् ।

‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ’, उनले भनिन् । विज्ञ मार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने धारणा प्रधानमन्त्री कार्कीको छ ।

‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्’ उनले भनिन्, ‘पोलिटिकल कारणले कहिले सभा नहुने । यो कारण भएन । विश्वविद्यालयले आफ्नो कार्यक्रम आफैँ बनाउन पाउनुपर्छ । आफैँ आर्जन गर्नुपर्छ । तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्दत गर्नुपर्छ ।’ प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा गएको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0