बिर्तामोड । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पीडितलाई न्याय दिनुको बदलामा उल्टै असुल्ने धन्दा चलाएको आरोपमा चार जनालाई कारबाही गरेको छ । एक विज्ञप्ति जारी गर्दै कारबाही गरिएको जनाइएको छ ।

नागरिक बचाउ महाअभियान नेपालको सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक विष्णजङ्ग बस्नेत
र केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहरालाई सबै जिम्मेवारीहरुबाट हटाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सचिवालय सदस्य ओम प्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई सबै जिम्मेवारीहरुबाट हटाई निलम्बन गरिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, कारवाही गरिएकाहरुसँग महाअभियानका अभियान्ताहरुले कुनै पनि प्रकारको संगत र गतिविधि नगर्न हुन सचेत गराउँदछौं । यदि पीडितहरु कारवाही गरेकाहरुसँग फसे महाअभियान अथवा हाम्रो संगठन जिम्मेवार नहुने समेत सचेत गराउँदाछौं ।

महाअभियानले भनेको छ, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको तपशिल बमोजिमको व्यक्तिहरुले, महाभियानको लक्ष्य एकता विश्वासलाई धुमिल पारी खलल पु¥याएको, अभियान्ताहरु बीच गलत भ्रम फैल्याउने कार्य गरेको, पीडितहरुलाई न्याय दिनु पर्नेमा उल्टै पीडितहरुबाट आर्थिक असुल गर्ने धन्दा चलाउने कार्य गरेको, सङ्गठनमा गुट बनाई अराजकता फैलाएको, पीडित नागरिकहरुको कागजपत्र जफत गरी, ब्ल्याक मेइलिङ गरी आर्थिक मोल मोलाई गरेको, सङ्गठनको चेनअफ कमान्ड पटकपटक अनुशासनको उल्लंघन गरेको, नेतृत्व र महाअभियानलाई गम्भीर क्षति पुरÞ्याउने कार्य गरेकोले मंसिर ९ गतेबाट लागु हुने गरी उनीहरुलाई सबै प्रकारको जिम्मेवारीहरुवाट पद मुक्त र निष्कासन गरी कारवाही गरिएको छ ।

सङ्गठन बिभागका सचिब प्रेमदिप लिम्बु र विभागका प्रमुख प्रेम थापा मगरले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0