एजेन्सी । हङकङमा बुधबार राति भएको भीषण आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। आगोबाट मृत्यु हुनेको संख्या ९४ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्, भने केही मानिसहरूको अवस्था अझै अज्ञात रहेको जनाइएको छ।

सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको बेला उठ्न नपाई धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्। प्रारम्भिक तथ्याङ्कअनुसार विद्युत् सर्टबाट आगो सुरु भएको अनुमान गरिए पनि एकिन कारण पहिचान गर्न विस्तृत अनुसन्धान सुरु गरिएको छ।

आगलागी मध्यराततिर शहरको घना जनसंख्या भएको आवासीय क्षेत्रबाट सुरु भएको थियो। धेरै तले भवनहरूमा बसोबास गर्दै आएका विदेशी कामदारदेखि स्थानीय बासिन्दासम्म दर्जनौं परिवार प्रभावित भएका छन्। आगो तीव्र गतिमा फैलिएकाले धेरैलाई समयमै बाहिर निस्कनसमेत कठिन भएको बताइएको छ।

घटनास्थलमा अहिले पनि उद्धार तथा खोजतलासी कार्य जारी छ। घाइते बनेका व्यक्तिहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ, जहाँ धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ।

यस घटनाले सयौं मानिस विस्थापित भएका छन्। उनीहरूका लागि नगरपालिका प्रशासनले अस्थायी बसोबास, खानेपानी, खाद्यान्न र अन्य आवश्यक सामग्रीको व्यवस्था गरेको छ।

हङकङ प्रशासनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै आवश्यक राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ। साथै, भविष्यमै यस्ता दुर्घटना रोकथामका लागि भवन संरचना तथा सुरक्षा मापदण्डमा कडाइ गर्ने प्रतिबद्धता पनि प्रकट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0