शिवसताक्षी । झापाको शिवसताक्षीमा घर भित्रै नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । शिवसताक्षी ११ को दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरै भित्र मृत अवस्थामा फेला परेको छ ।
करिब ५५ वर्षीय गंगा कुमारी लिम्बुको आफ्नै घर भित्र नग्न अवस्थामा शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले बताए । उनले अहिले शवलाई पोष्टमाटम गर्न लैजाने तयारी भइरहेको जानकारी दिए ।
हिजो सोमबारबाट ती महिलालाई छिमेकीहरुले नदेखेको र आज पनि घरमा ढोका लगाइरहेको पाएपछि झ्यालबाट हेर्दा किचनमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय डम्बर खड्काले जानकारी दिए ।अहिले इलाका प्रहरी कार्यालयको टोली र जनप्रतिनिधिले ढोका फोरेर शवलाई निकालेका छन् ।
गंगा कुमारीका श्रीमान् धर्मध्वज लिम्बु इडिन्यन एक्स आर्मी भएकाले उनी उतै बस्दै आएको छिमेकीहरुको भनाई छ ।छिमेकीका अनुसार गंगाकुमारी धेरै जसो माधक पदार्थ सेवन गर्थिन ।












