झापा । भ्यालेन्टाइन डे को अवसरमा विहीबार युवा यवतीहरुलाई लक्षित गर्दै एउटा प्रेमिल गीत सार्वजनिक भएको छ ।
झापा क्षेत्र नं. १ का सांसद तथा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संगीतमा मन त्यतै कतै भुलेछु प्रिये भन्ने गीत सार्वजनिक भएको हो । जसमा गायक प्रमोद खरेलको स्वर र प्रमोदहरि गुरागाईको शब्द रहेको छ ।
म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यको अभिनय रहेको छ । गीत विश्वप्रकाश शर्मा अफिसियल युवटुव च्यालनबाट विहीबार सार्वजनिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












