शिवसताक्षी । अखिल नेपाल महिला संघ (अनेमसंघ) शिवसताक्षी नगर कमिटीको अध्यक्षमा निर्मला प्रसाईं सर्वसम्मत चयन भएकी छन्। शिवसताक्षी–शिवगञ्जमा आइतबार सम्पन्न अनेमसंघको चौथो नगर सम्मेलनले प्रसाईंको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा सपना बस्नेत (लिम्बाङ), सचिवमा संगिता कोइराला, उपसचिवमा दिलकुमारी बस्नेत र कोषाध्यक्षमा सुजनता भुषाल चयन भएका छन्। अन्य सदस्यहरू समेत सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलले जनाएको छ।
नगर सम्मेलनका अवसरमा अनेमसंघ शिवसताक्षीले नगरको भूगोलमा रहेर लामो समयदेखि महिला आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका स्थानीयतह तथा जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याएका १४ जना महिलालाई सम्मान गरेको छ।
सम्मानित हुनेमा नरमाया कार्की, भरत इन्दिरा बस्नेत, भेजकुमारी नेपाल, गीता खरेल, निर्मला न्यौपाने, जानुका ……, सावित्रा खनाल, मिना चापागाईं, जुनु मोहोरा, यशोदा विमली, नर्वदा दाहाल, सीता नेपाल, डम्बरकुमारी रिजाल र मनमाया तिवारी रहेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि अनेमसंघ केन्द्रीय कमिटी उपाध्यक्ष मेनुका काफ्लेले नवनिर्वाचित नगर कमिटीले महिला आन्दोलनलाई थप सशक्त बनाउँदै संगठनलाई एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले आगामी स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गर्दै युवा, महिला तथा समाजका सबै वर्ग र समुदायलाई समेटेर संगठनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज चन्द्रकुमार शेर्मालगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महिला सहभागिता र नेतृत्व विकासमा अनेमसंघको भूमिकामाथि प्रकाश पारेका थिए।
कार्यक्रममा अनेमसंघका विभिन्न तहका नेता तथा कार्यकर्ता, पार्टीका स्थानीय नेता, महिला अधिकारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन चन्द्रकला सापकोटाले गरेकी थिइन्।












