कैलाली । टीकापुरमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का लोकेन्द्र रावल, चारकठ्ठाका वीरेन्द्र हमाल र जानकी गाउँपालिका–९ का सुनिल रावल छन्।
धनगढी घर भएका जनता माध्यमिक विद्यालयका शिक्षक ४५ वर्षीय जगदीश पन्तको शनिबार खाजाको समयमा बेहोस भई निधन भएको थियो। मृतकका परिवारले विष खुवाएर हत्या गरिएको भन्दै उजुरी दिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
हाल तीनै जनामाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1










