xr:d:DAFhdlDCpbw:1435,j:4195510760487332985,t:23103106

झापा । झापाको हल्दिबारी गाउँपालिका–४ मा भएको आगलागी घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा ६० वर्षीय पुण्यप्रसाद ओली रहेका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ओलीको आज बिहान ११ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

साउन ६ गते बिहान ८ः४० बजे ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रोटी पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो। आगो निभाउने क्रममा ओलीसहित उनका परिवारका पाँचजना घाइते भएका थिए।

घटनामा ओलीकी पत्नी गङ्गादेवी ओली, छोरा सन्तोष ओली, बुहारी अनिता ओली र भतिज आर्यन ओली घाइते भएका थिए। गङ्गादेवी र अनिता ओलीको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0