शिवसताक्षी । झापाको शिवसताक्षीमा अन्तराट्रिय युवा दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ ।

प्रतियोगितामा दमकका बिरु लिम्बू र सन्तोष राईले प्रथम स्थान हासिल गरेका छन् । झिलझिलेको कभर्ड हलमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो स्थान केर्खाका दिवन राई र उदित राईले हासिल गरे भने तेस्रो स्थान दुई टिम हुन सफल भएका छन् । जसमा शिवसताक्षीका बिमल तिम्सिना र प्रकाश अधिकारी, दमकका कबिध्यज राई र कुसल बस्नेत रहेका छन्। विजेता टिमलाई शिल्ड, मेडल र प्रमाण प्रत्र वितरण गरिएको थियो । प्रतियोगिताका उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए ।

कार्यक्रममा स्वागत सतासीधाम जेसीजका वर्तामान अध्यक्ष पदमजङ कुँवरले र चौतिय माथि प्रकाश आयोजक कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रादेशिक प्रबन्धक शंकरकुमार पौडेलले गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख छविलाल ढकाल, रोजगार शाखा संयोजक बिदुर तिम्सिना, वडा नं. ८ का अध्यक्ष सन्तकुमार फेवा, वडा नं. १ का सदस्य नारदमणि रिजाल र वडा नं. ४ की सदस्य चन्द्रावती ताजपुरियालगायतको उपस्थिति थियो।

सतासीधाम जेसीजका अध्यक्ष पदमजंग कुवरको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्ष्ता कारितास नेपालकी परियोजना अधिकृत सन्तोषी थन्दारले गरेकी थिइन् । प्रतियोगितामा दमक, कमल र शिवसताक्षीका १६ टिमले सहभागिता जनाएको थियो ।

यसैबीच कार्यक्रममा बिहानी युवा क्लब शिवसताक्षी–११, दुधे भेट्रान फुटबल क्लब र झिलझिलेलाई खेलकुद सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0