झापा । झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् ।

उनीहरूले नाबालिकालाई पाथीभरा सामुदायिक वनमा लगेर डरत्रास देखाउँदै तथा ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1