शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० ले किसानलाई मकैको वीउ वितरण गरेको छ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले मकैको वीउ वितरण गरेर सुरु गरेको वितरण कार्यक्रम १५ दिनसम्ममा ३०० किसानलाई वितरण गरिएको थियो । वडाका ३ सय किसानलाई ५० प्रतिशत अनुदानमा बकैको विउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। वडाबाट विनियोजित २ लाख बजेटबाट ३ सय किसानलाई १३५० केजी मकैको वीउ वितरण गरेको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए ।

वडाका नागरिकहरुले घरमा एउटा गाई अनिवार्य पाल्नु पर्ने वडाध्यक्ष हर्क सिगुले बताए । वडा भित्र रहका बजार बाहेकका नागरिकले आफ्ना बालबालिकाहरुलाई सुद्ध गाईको दुध खुवाउनका लागि एउटा गाई अनिवार्य पाल्नु पर्छ । घरमा अग्र्यानिक साग सब्जी आफै उत्पादन गर्नु पछ । उनले भने त्यसका लागि वडाले सुविधा दिन्छ । वडाध्यक्षका अनुसार वडाले  एक घर एक गाई अभियान चलाउने छ ।

नागरिक आफुले केही नगर्ने सबै बजारको भर पर्ने प्रचलन बढको छ । अब सुद्ध दुध र अग्र्यानिक सब्जी खेती तर्फ लागिएन भने, आफुले कमाएको सबै सम्पती अस्पतालमा बुझाउनु पर्ने दिन आइरहेको अध्यक्ष सिगुले बताए ।

किसानका लागि कुटी काड्ने चाप कटर, पानी तान्ने मोटर र वडाका महिलाहरुलाई सिलाइ मेसिन वितरण गर्ने योजना गरेको वडा सचिव नवराज घिमिरेले जानकारी दिए । वडाले विभिन्न समय किसान लक्षित कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0