झापा । प्रेस चौतारी नेपाल झापामा स्थापित पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, पूर्व जिल्ला अध्यक्ष तथा हाल केन्द्रीय सदस्य गोपाल काफ्लेले आज आफ्नो जन्मदिनमा चौतारीको कार्यालय प्रयोजनार्थ एक सेट सिलिङ पंखा प्रदान गर्नू भएको छ ।
प्रेस चौतारी झापाका उपाध्यक्ष सुनिरा मैनालीको अध्यक्षता तथा केन्द्रीय सदस्य भिमा सिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित संक्षिप्त कार्यक्रममा अग्रज पत्रकार काफ्लेले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
यसै बीच पत्रकार काफ्लेले आफु अध्यक्ष हुँदा स्थापना गरेको प्रत्रकार उपचार कोषलाई सहयोग गर्ने समेत घोषणा गर्नु भयो । उहाँले आफू जन्मिएदेखि हिजोसम्म व्यतित गरेका हरेक दिनको एक रुपैयाँका दरले हुन आउने रकम १८ हजार ९८० रुपैयाँ उपचार सहयोग कोषमा प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
चौतारीको कार्यालयमा आयोजित एक कार्यक्रमका विच उपचार कोषकी संयोजक भिमा शिवाकोटीले प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य काफ्लेलाई जन्मदिनको शुभकामना दिदै, गोपाल काफ्लेको घोषणाले सामाजिक उत्तरदायित्व अन्र्तगत श्रमजीवी पत्रकार उपचार कोष बृद्वीका निम्ति सहयोग पुग्ने पुग्ने बताउनु भयो । यस्ता सुन्दर र प्रेरणादायी कदमले नै समाज रुपान्तरको थालनी हुने उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्यहरु भरत प्रसाई, रविकिरण वान्तवा, अस्मिता साँखी, कबिचन्द्र गुरागाईलगायतको उपस्थिती रहेको थियो ।












