राष्ट्रिय मह दिवसका अवसरमा श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले आजबाट उद्घोषण तालिम सुरु गरेको छ।
संस्थाले साथ दिवसीय उद्घोषण तालिमको आज उद्घाटन गरेको हो । तालिम चैत १४ गतेसम्म सञ्चालन हुने संस्थाको व्यवस्थापक देवीकुमारी दाहाले बताउनुभयो ।
संस्थाकी अध्यक्ष रणमाया लिम्बुको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहोरा रहनुभएको थियो। तालिमको सहजीकरण विराट एफएमकी सञ्चालक तथा प्रबन्धक लीला अनमोलले गर्नुभएको थियो।
कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष धनमाया थापाको सहभागिता रहेको थियो भने संस्थाकी उपाध्यक्ष शान्त लिङ्गदेनले कार्यक्रमको स्वागत गर्नुभएको थियो । कार्यक्रममा ऊर्जाशील भाइबहिनीहरूको २६ जनाको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












