शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१को आज भएको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ ।

वडा नं. ११ लाई १– ० गोलअन्तर हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो ।

वडा नं. ८ का तर्फबाट खेलको ४५ औं मिनेट जर्सी नं. १४ का सोहन थापाले गरेको गोल नै निर्णायक हुन पुग्यो । वडा नं. ११ ले धेरै अवसर पाए पनि गोलपोष्ट प्रहारगरेको बल गोलमा परिणत हुन सकेन । खेलको म्यान अफदी म्याच वडा नं. ८ का सोहन थापा घोषित भए । उनले नगद २ हजार १०० प्राप्त गरे ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । भोलि मंगलबार वडा नं. ८ र वडा नं. १० बीच पहिलो सेमीफाइनल खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0