शिवसताक्षी । शिवसताक्षीमा जारी मेयर कपको दोस्रो सेमीफाइनल खेलमा वडा नं. ७ फाइनलमा प्रवेस गरेको छ।
वडा नं. २ लाई १–० गोलन्तरले हराउँदै वडा नं. ७ फाइनलमा प्रवेस गरेको हो । मंगलबार स्थगित भएको खेललाई आज २० मिनेट खेलाइएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ।
हिजो खेल सडनडेथमा गएको पछि अध्यारोका कारण खेल स्तगित गरिएको थियो । आज दुवै टिमले २० मिनेट खेल खेल्ने सहमतिमा खेल खलाइएको बताइएको छ। खेलको म्यान अफदी म्याच वडा नं. ७ अर्जुन माझी घोषित भए । यो सँगै भोलि हुन् फाइनल खेल वडा नं. ७ र १० बीच हुने पक्का भएको छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












