शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबलतर्फको उपाधि वडा नं. १० ले उचालेको छ । वडा नं. ७ लाई ट्राइबेकरमा हराउँदै वडा नं. १० ले उपाधि उचालेको छ । ट्राइबेकरमा वडा न.ं १० ले ३– ४ गोल अन्तरले वडा नं. ७ लाई हराएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
उपाधि जितेसँगै वडा नं. १० ले नगद ५५ हजार र उपविजेता वडा नं. ७ ले नगद ३५ हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई नगर प्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गरेका छन् ।
खेलको म्यान आफ दी म्याच र वेष्ट गोलकिक्पर वडा नं. १० गोल किप्पर सुदिप मर्डी घोषित भए । वेष्ट डिफेन्डर वडा नं. ७ खेलाडी रोजिन कार्की, वेष्ट मिटफिल्डर वडा नं. १० खेलाडी सिमन राई, वेष्ट फरवार्ड वडा नं. १० का खेलाडी ओक्साहाङ्ग लिम्बु, हाइस्कोरर अफ दी टुर्नामेन्डमा वडा नं. ११ खेलाडी देव मल्लिक र वडा नं. ८ खेलाडी सोहन थापा घोषित भए । उदयमान खेलाडीको रुपमा वडा नं. ८ खेलाडी सोहन थापा, उत्कृष्ट खेलाडी वडा नं. ७ हेमन लिम्बु घोषित भए । उनीहरुले नगद सहित ट्रफि प्राप्त गरे ।

त्यसैगरी भलिबल तर्फ उपाधि वडा नं. ७ ले हात पारेको छ । वडा नं. ११ लाई हराउँदै वडा नं. ७ ले हात पारेको हो । विजेता टिम वडा नं. ७ ले नगद ३५ हजार र उपविजेता टिम वडा नं. ११ ले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै व्याडमन्टिन खेल तर्फ वडा नं. ९ विजेता बनेको छ । वडा नं. ११ लाई हराउँदै वडा नं. ९ विजेता बनेको हो । वडा नं. ९ का तर्फबाट अग्नी खरेल र समशेर चौधरी र वडा नं. ११ तर्फबाट गम्भिर राई र विकास कुमाल रहेका थिए । विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
मेयर शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा गएको २१ गतेबाट सञ्चालन भएको थियो।












