शिवसताक्षी । झापा शिवसताक्षीका ५ वटा वडाका किसानलाई प्रतिव्यक्ति ५० हजार बराबरको पशु तथा तथा चौपाय वितरण गरिएको छ । मिसियो जर्मनीको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा कारितास नेपाल द्वारा गाई, सुगुरका पाठा, राँगा, पाडा लगायतका पशु वितरण गरिएको हो ।
कारितास नेपालले शिवसताक्षी ११ का ४ जनालाई सुगुरका पाठा, वडा नं. ८ मा एक जनालाई गाई र पाडा, वडा नं. १ का एक जनालाई पाडी वितरण गरिएको कारितास नेपालले जनाएको छ । त्यस्तै वडा नं. ७ का नागरिकलाई २ वटा गाई र सुगुरका पाठा वितरण गरिएको कारितास नेपाल शिवसताक्षीका सामाजिक परिचालक चिरन्जिवी लुईटेलले जानकारी दिए । उनले जनही ५० हजार बराबरको पशु वितरण गरिएको बताए ।
कारितास नेपालले शिवसताक्षीको वडा नं. १,४,७,८ र ११ मा बिगत १ बर्स देखि आप्रबासन मार्फत मानव बेचबिखन बिरुद्दको सबलिकरण परियोजना अन्तर्गत जिबिकोपार्जन उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैदेशिक रोजगारबाट असफल भइ वा बैदेशिक रोजगारीको नाममा ठगी र मानव बेचविखन परी पुन स्वदेश फर्किएका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको सामाजिक परिचालक लुईटेलले जानकारी दिए । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएर नेपाल मै स्थापित हुन चाहने स्पष्ट भिजन र योजना बनाएका व्यक्तिहरुलाई उद्यमशिल बनाउने उनीहरुको ज्ञान, सीप र इच्छाएको व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति ५० हजार बराबरको सहयोग गरिएको बताए ।
परियोजना अन्तर्गत परियोजना लागु भएका सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा पशु चौपाय वितरण गरिएको हो । कारितास नेपालले वडाध्यक्षको संयोजनमा गठन भएको परियोजना सल्लाहकार समितिले मापदण्ड पुगेका परियोजना लक्षित ब्यक्तीहरु छनोट गरी नाम सिफारिस गरेपछि कारितास नेपालले कारितास नेपालका प्रतिनिधिहरु मूल्यांकन गरी उहाँलाई कार्यक्रममा समावेश गराउने गरेको सामाजिक परिचालक लुइटेलले जानकारी दिए ।
अघिल्लो बर्स ५ वटा वडाजम्मा १५ जनालाइ पशु चौपाय वितरण गरिएको थियो भने, चालु वर्षमा २० जनालाई वितरण गरिने कारितास नेपालले जनाएको छ।












