शिवसताक्षी । झापाको शिवसताक्षी–११ दुधे स्थित क्याम्ब्रिज ईङ्लिस बोर्डिङ स्कुलमा एक दिने आयुर्वेद तथा योग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कक्षा ७, ८, ९ र १० का छात्र–छात्रा तथा शिक्षक–शिक्षिकाहरू सहित करिब ८० जनाको सहभागितामा सम्पन्न गरिएको हो।

विद्यार्थी तथा शिक्षकहरूलाई आयुर्वेदको महत्व, जडिबुटीको सदुपयोग तथा योग अभ्यासका बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बरिष्ठ कविराज निरीक्षक राजु पराजुली, कविराज निरीक्षक राजेन्द्र पोख्रेल र योग प्रशिक्षक महेश लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रशिक्षकहरूले आयुर्वेदिक ज्ञान र परम्परागत उपचार पद्धतिबारे जानकारी दिँदै दैनिक जीवनमा सजिलै प्रयोग गर्न सकिने जडिबुटीहरूको परिचय, प्रयोग विधि तथा त्यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे विस्तृत रूपमा चर्चा गरेका थिए। साथै, योग प्रशिक्षक लामिछानेले योग अभ्यासका विभिन्न विधि, तिनीहरूको शारीरिक र मानसिक लाभ तथा नियमित योगले जीवनशैलीमा ल्याउने सकारात्मक परिवर्तनहरूबारे जानकारी दिनु भयो ।

कार्यक्रमले विद्यार्थीहरूमा आयुर्वेद र योगप्रतिको रुचि बढाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। कार्यक्रममा सहभागीहरूले समेत यस्ता कार्यक्रमहरू समयसमयमा आयोजना गरिरहनुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफ्ेले उद्घाटन गर्नु भएको कार्यक्रमको अध्यक्षता शिवसताक्षी नगरपालिका वडा नं. ११ का कार्यवहाक अध्यक्ष पर्शुराम अधिकारीले गरेका थिए ।कार्यक्रम शिवसताक्षीको दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0