शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रथम शिवसताक्षी आइडल २०८१ हुने भएको छ । सताक्षी कला प्रतिष्ठानले आगामी माघ २२ गतेदेखि अडिसनको राउन सुरु गर्ने जनाएको छ ।
नगरका बालबालिकाहरुलाई कला र सौन्दर्य प्रति अभिरुची पैदा गरेर उनीहरुको क्षमता र व्यक्तित्व विकास गर्ने र गायन र नृत्य भएका बालबालिकाहरुको प्रतिभालाई प्रष्फुटन गराई अवसरको खोजी गर्ने उदेश्यले शिवसताक्षी आइडलको आयोजना गरिएको सताक्षी कला प्रतिष्ठानका अध्यक्ष सानाहाङ्ग लिम्बुले जानकारी दिए ।
शिवसताक्षी आइडलको गायन र नृत्यको पहिलो अडिसन आगामी माघ २२ गते शिवसताक्षी नगरपालिका वडा नं. १ को कार्यालयदेखि सुरु गरेर फागुन १५ गतेसम्ममा दोस्रो राउण्डसम्पन्न गर्ने प्रतिष्ठानका अध्यक्ष लिम्बुले बताए ।
आइडलको सेमी फाइलन २०८१ फागुन २० गते शिवसताक्षी नगरपालिकाको कार्यालयमा र फाइनल चैत्र ०१ गते शिवसताक्षीको दुधेमा हुने सताक्षी कला प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले आइडलको गायन तथा नृत्य विधामा प्रथम, दोस्रो र तेस्रो हुनेको पुरस्कार राशी घोषणा गरेको छैन । अडिसन राउन सुरु भइसकेछि पुरस्कार राशी घोषणा गर्ने प्रतिष्ठानका अध्यक्ष सानाहाङ्ग लिम्बुले बताए ।
शिवसताक्षी आइडल सम्पन्न गर्न करिब १० लाखको अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष लिम्बुले बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, सहयोगी दाता, विदेश रहनुभएका नेपाली दाजुभाईको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने छ । अडिसनमा १६ वर्ष मुनिका बालबालिकाहरुले भाग लिन पाउनेछन् ।












