शिवसताक्षी । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापा शिवसताक्षी ४ बोलोचोकमा रहेको झापा इनर्जी लिमिटडको परियोजनाको अवलोकन गर्नु भएको छ ।

उहाँले नेकपा एमालेका नेता एवम् झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू लगायतको नेतृत्वमा सञ्चालित सौर्य उर्जा परियोजनाको अवलोकन गर्नु भएको हो । सौर्य उर्जाका बारेमा सरुवाती चरणदेखि हालसम्मको अवस्थाको विषयमा सांसद लिम्बूले जानकारी गराउनु भएको थियो । उहाँले आजैका दिन पनि ५० हजार युनिट विद्युत उत्पादन भएको जानकारी गराउनु भयो । सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन कोशी प्रदेशकै पहिलो उर्जा परियोजना भएको बताउनु भयो ।

झापा इनर्जीको अवलोकनका क्रममा स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, लगायत पार्टीका केन्द्रिय देखिदेखि जिल्ला कमिटी सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

यसै क्रममा झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्किनु भएको छ । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आज विराटनगर फर्कनु भएको हो ।

शिवसताक्षी– ४ मा सञ्चालित झापा इनर्जीको अवलोकन गर्दै पूर्वराष्ट्रपतिको टोली हुलाकी मार्गबाट विराटनगर प्रस्थान गरेको मोरङका एमाले नेता सोमराज थापाले जानकारी दिनुभयो । कुन्जिबारीबाट गौरीगञ्ज हुँदै हुलाकी सडक समेत हेर्ने गरी विराटनगर लागेको उहाँको भनाई छ ।

उहाँको भ्रमण झापाका केहि पार्टी नेतृत्व, जनप्रतिनिधिहरुसँग अनौपचारिक भेटघाट बाहेक राजनीतिक उद्देश्य नरहेको बुझिएको छ । विज्ञान प्रदर्शनीमा बोल्ने क्रममा उहाँले सामाजिक काममा सहयोग गर्ने उद्देश्यले झापा आएको धारणा व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0