शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले विपन्न नागरिकहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ठेला वितरण कार्यक्रम सुरु गरेको छ ।

महिलासहित विपन्न वर्गका व्यक्तिहरूलाई लक्षित गरी महिला तथा बालबालिका शाखाको अगुवाइमा २० प्रतिशत लागत सहभागितामा ठेला वितरण गरिएको हो ।

शुक्रबार नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे र अन्य प्रतिनिधिहरूको उपस्थितिमा प्रारम्भिक चरणमा ६ वटा ठेला वितरण गरिएको छ ।

महिला तथा बालबालिका शाखाकी प्रमुख देविना पराजुलीका अनुसार सबै वडाबाट कम्तीमा एक–एक जना लाभग्राही छानिनेछ भने आवश्यकताको आधारमा कुल १५ वटा ठेला वितरण गरिनेछ । वितरण गरिएको ठेलामार्फत व्यापार व्यवसाय सञ्चालन गर्न सहज हुने र यसले उनीहरूको आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

“विपन्न वर्गका नागरिकहरूले ठेलामा साना व्यवसाय सञ्चालन गरेर भए पनि आफ्नो जीविका चलाउन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो,” प्रमुख पराजुलीले बताइन् ।

शिवसताक्षी नगरपालिकाको यो पहल उद्यमशीलता प्रवर्द्धन तथा आत्मनिर्भरता अभिवृद्धिको दृष्टिकोणले उदाहरणीय मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0