शिवसताक्षी । झापाको शिवसताक्षीमा क्षेत्रीय होटल व्यवसायी संघ शिवसताक्षी गठन भएको छ ।
आज पर्यटकीय क्षेत्र दोमुखमा भएको होटल व्यावसायीहरुका भेलाले दोमुखाका शिभम होटलका सञ्चालक किरण ओलीको अध्यक्षमा क्षेत्रीय होटल व्यवासयी संघ शिवसताक्षी गठन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा दाताराम विष्ट, उपाध्यक्षमा मनिषा राई, महासचिवमा सन्तोष लामा, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा चुनमाया दाहाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिपक खरेल, कमल विमली, सीता राई, कुमार फुयाल, मायादेवी ढकाल, महेन्द्र जोगी र जयनारायण योगी रहेका छन् ।
भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । जसको संयोजकमा रुद्रमणी भट्टराई, सदयहरुमा धनप्रसाद लावती, विरेन्द्र मैनाली, हरेराम शाह, राज नेम्वाङ्ग रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1












