झापा । झापाको दमक नगरपालिका–५ मा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कटिहार, बिहार निवासी २८ वर्षीय सुरज कुमार साहलाई मेची स्टोर अगाडिको सडकमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला पक्राउ गरेको हो।

पक्राउ परेका साहको साथबाट प्लास्टिकमा पोको पारेर लुकाएको ४२ ग्राम १७ मिलिग्राम खैरो हेरोइन, नेपाली रुपैयाँ ३७,९००, डिजिटल तराजु, दुई थान मोबाइल र भारतीय आधार कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0