शिवसताक्षी । सतासीधाम जेसीजले आज धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामबाट जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ ।

जेसीज सप्ताह २०२५ अन्तर्गतको पहिलो कार्यक्रम व्रतालु भक्तजनलाई फलफूल तथा जलपान वितरण गरेर सुरु गरिएको हो। जेसीज सप्ताहको उद्घाटन संघीय सांसद एलपी साँवा लिम्बले गरेका हुन् ।

सतासीधाम जेसीजका अध्यक्ष पदम बहादुर कुवरले श्री गोवर्धन गौशालाको सहकार्यले कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा गौशालाका संस्थापक महाराज नन्दकिशोर भाग्दज, जेसीजका पूर्वअध्यक्ष कुमारसिंह सावाँ, अर्जुन भट्टराई, दारुमान राई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव मन्जिल नेपालले गरेका थिए।

सप्ताहभर विभिन्न कार्यक्रम सञ्चालन हुने छन्। दोस्रो दिन सतासीधाम जेसीजको सामुदायिक कभर्डहलमा सचीन श्रेष्ठको संयोजकत्वमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुनेछ। तेस्रो दिन माइधार क्षेत्रमा ट्राफिक सचेतना सामग्री हस्तान्तरण कार्यक्रम सरु अधिकारीको संयोजकत्वमा हुने सतासीधाम जेसीजले जनाएको छ ।

चौथौ दिन दुधे बजार आसपासको क्षेत्रमा लागुऔषध दुरुपयोगविरुद्ध प्रभातफेरी निकालिने कार्यक्रम निरोज दुलालको संयोजनमा हुनेछ।

पाँचौं दिन शिवसताक्षी नगरपालिका वडा नं  ५ को कार्यालयमा निस्शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने छ, जसको संयोजक राजन कार्की रहेका छन्।

छैटौं दिन पुष्प पौडेलको संयोजकत्वमा संसदीय प्रणाली सम्बन्धी तालिम सञ्चालन गरिने छ। सप्ताहको समापन रुपेश कन्दङवाको संयोजनमा ‘साहस, प्रतिबद्धता र सम्बन्ध’ विषयक गोष्ठीसँगै गरिने कार्यक्रम तालिका रहेको अध्यक्ष कुवरले जानकारी दिए।

कार्यक्रमको संयोजन गोपाल मैनालीले गरेका थिए भने मुल कार्यक्रम संयोजक सतासीधाम जेसीजका कार्याकारिणी उपाध्यक्ष रिता कोइराला रहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0