बिर्तामोड । बिर्तामोडबाट प्रकाशन हुने शब्दपत्र डटकमका सम्पादक उद्वव पुरीलाई डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको छ।
प्रेस सेन्टर नेपाल झापाको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरि र अग्रज पत्रकार दिपिन राईले पुरीलाई दोसल्ला, खादा र नगद ४२ हजार रुपैयाँ सहित सम्मान गरे।
करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय पुरी यसअघि ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत थिए। कार्यक्रमका वक्ताहरुले दिवंगत पत्रकार देवकुमार आचार्य ‘डी. कौडिन्य’को योगदानको स्मरण गर्दै, पुरस्कारले जनपक्षीय पत्रकारितालाई प्रेरणा दिने बताए।
उक्त अवसरमा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष राजु पाठकले स्मृति पत्रकारिता पुरस्कारको महत्वमाथि प्रकाश पारे। कार्यक्रममा ५५ हजार ५५५ रुपैयाँ अक्षयकोषमा आइपी भट्टराई र ३१ हजार रुपैयाँ राजन चिमरियाले सहयोग गरे।
मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईं ,नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस युनियन गिरिराज भट्टराई , प्रेस चौतारीका सचिव युवराज आचार्य , पत्रकार महासंध झापा शाखाका अध्यक्ष एकराज गिरीले स्व. डि. कौडिन्य व्यतित्वमाथी चर्चा गर्दै पत्रकारहरुलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।













