शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले गएको सोमबारबाट सुरु गरिएको जेसीज सप्ताह कार्यक्रमको आज समापन गरेको छ ।
सतासीधाम जेसीजले पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाम आउने भक्तजनहरुलाई फलफुल तथा पानी वितरण गरेर जेसीज सप्ताह सुरु गरेको थियो । मेची अग्रेजी बोर्डिङ्ग स्कुलमा शाहस प्रतिबद्धता सम्बन्ध विषयक प्रकरण गोष्टीको आयोजना गरेर जेसीज सप्ताहको समापन गरिएको हो।
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत व्याडमिन्टन प्रतियोगिता, ट्राफिक सचेतना सामाग्री हस्तान्तरण, लागुपदार्थ दुव्र्यसनी विरुद्ध प्रभातफेरी, निशुल्क स्वास्थ्य परिक्षण शिविर, संसदीय प्रणाली तालिम र शाहस प्रतिबद्धता सम्बन्ध विषयक प्रकरण गोष्ठी कार्यक्रम गर्दै सप्ताह कार्यक्रम समापन गरिएको सतासीधाम जेसीज वर्ष २०२५ का अध्यक्ष पदमजंग कुवरले जानकारी दिए ।
मेची अग्रेजी बोर्डिङ्ग स्कुलमा भएको शाहस प्रतिबद्धता सम्बन्ध विषयक प्रकरण गोष्टीको प्रदेश सांसद माननीय राधाकृष्ण खनालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि माननीय राधाकृष्ण खनाल, वडाध्यक्ष सन्तफेउदिन, भलिबल क्लब शिवसताक्षीका अध्यक्ष भिम लिवाङ, शिक्षक रुद्रमणी भट्टराई, नेकपा एमाले नगरकमिटी उपसचिव सागर राई, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी सभापति गोविन्द काफ्ले, शिवसताक्षी प्याप्सन अध्यक्ष राम सुहाङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीका सचिव पूर्ण लोकान्द्री, शिक्षक रुद्रमणी भट्टराई, रोहिता मिश्र लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
जेसीज सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रममा गोपाली मैनाली, सचिन श्रेष्ठ, सरु खत्री अधिकारी,निरोज दुलाल, राजन कार्की, पुष्प पौडेल, रुपेश कन्दङ्वाले संयोजकको भूमिका निर्वाह गरेको सतासीधाम जेसीजले जनाएको छ ।
शाहस प्रतिबद्धता सम्बन्ध विषयक प्रकरण गोष्टीको औचित्य माथि प्रकाश सतासीधाम जेसीजका वर्तमान अध्यक्ष पदमजंग कुँवरले पारेका थिए भने, सञ्चालक वर्ष २०२५ का तालिम निर्देशक पुष्प पौडेलले गरेका थिए ।












