झापा  । झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् ।

शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रा क्षेत्रमा रहेको माई खोलाबाट दाउरा निकाल्ने क्रममा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा बेपत्ता बिकको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0